जबर्जस्ती ट्याक्टर पुर्‍याएपछि भव्य स्वागत

काठमाण्डु टुडे २०७० मंसिर १९ गते १०:११ मा प्रकाशित

bajura_mapबाजुरा, १९ मंसिर– ट्याक्टर र जिप सेवा पहिलो पटक पाण्डुसैन पुगेको तीनदिन पछि पाण्डुसैनकै चाफा रुखमा पहिलो पटक ट्याक्टर सेवा पुगेको छ ।

जबरजस्ती भएपनि गाउँमा ट्याक्टर पुर्‍याइएपछि स्थानीय खुसी भएका छन् । उनीहरुले मंगलबार पहिलोपटक पुगेको से १ प ४९२३ नम्बरको ट्याक्टर र मालिक शेरबहादुर सिंहलाई भव्य स्वागत गरेका छन् ।

पूर्ण रुपमा बाटो बनिनसकेको अवस्थामा पनि ट्याक्टर पुगेको खुसीयालीमा गाउँलेले एक भव्य कार्यक्रम गरेको टेकबहादुर सिंहले जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us