
काठमाण्डु, १९ मंसिर– सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले संविधानसभा निर्वाचन सम्पन्न भइसकेकाले दल जिम्मेवार भएर मुलुकलाई सही दिशा दिनुपर्ने बताएका छन् ।
प्रेस चौतारी नेपालले बुधबार आयोजना गरेको ‘स्थानीय भाषाका पत्रकारको क्षमता अभिवृद्विको प्रश्न’ विषयक कार्यक्रमको उद्घाटन गर्दै उनले तोकिएको मितिमा नै नयाँ संविधान निर्माण गरी मुलुकलाई सही दिशा दिनुपर्ने बताए ।
मन्त्री पौडेलले भने, ‘मुलुकमा संविधानसभा निर्वाचन सम्पन्न भइसकेको छ, अब दल मुलुकको समस्या समाधान गर्न जिम्मेवार हुनुपर्छ, नयाँ संविधान समयमै निर्माण गरी मुलुकलाई समृद्वितर्फ लैजानुपर्छ ।’ स्थानीय भाषाको प्रवद्र्वन गर्न सरकारी सञ्चारमाध्यमले जोड दिनुपर्ने भन्दै उहाँले सञ्चार क्षेत्रले सबै जातजातिको भाषामा उपेक्षा नगरी सम्मानरुपमा स्थान दिनुपर्नेमा जोड दिए ।
शिक्षा मन्त्रीसमेत रहनुभएका मन्त्री पौडेलले शिक्षामा देखिएको सहरी र ग्रामीण, निजी र सरकारी विद्यालयबीचको विभेद हटाउनका लागि शिक्षा नीति नै परिमार्जन गर्नुपर्ने आवश्यकता आँैल्याए । उले एउटै मुलुकमा दुई खालका नागरिक उत्पादन गर्ने परिपार्टीको अन्त्य गर्नुपर्ने भन्दै सबै नेपाली जनतालाई समान तथा गुणस्तरीय शिक्षाको व्यवस्था गर्नुपर्ने बताए ।