सभासदका लागि थप १० प्रतिशत महिला सिफारिस गर्न माग

काठमाण्डु टुडे २०७० मंसिर १९ गते ९:१७ मा प्रकाशित

काठमाण्डु १९ मसिर–अन्तर पार्टी महिला सञ्चालले समानुपातिक तर्फबाट दलहरुले संविधानसभा सदस्यका लागि नाम सिफारिस गर्दा १० प्रतिसत थप गरेर सिफारिस गर्नु पर्ने माग गरेको छ ।
सञ्जालले समानुपातिक तर्फबाट एक सिट प्राप्त गर्ने दलले अनिवार्य महिला पठाउनुपर्ने, विजोर संख्यामा  सिट प्राप्त गर्ने दलले  महिला निर्वाचित गर्नु पर्ने र सरकारबाट मनोनित हुने २६ सिटमा ५० प्रतिसत अनिवार्य मनोनित गर्नु पर्ने माग पनि गरेको छ । सञ्जालद्धारा बुधवार काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा आफूहरुले शालिनतापूर्वक अगाडि सारेको मागलाई यथासिघ्र संबोधन नगरी बेवास्ता गरिए कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिईएको थियो ।
पत्रकार सम्मेलनमा कल्याणी रिजालले दलहरुले प्रत्यक्ष तर्फको निर्वाचनमा महिलाहरुलाई ठगेको दावी गर्दै आफूहरुले पटक पटक दल र सरकारको ध्यान आर्कषित गराएपनि वेवास्त गरिएकोले आफूहरु आन्दोलनमा जान बाध्य हुने स्थिति आएको बताईन ।
एकीकृत माओवादीकी नेतृ कल्पना धमलाले संविधानमा उल्लेख भए अनुसार राज्यका हरेक अंगमा ३३ प्रतिसत महिला सहभागिता सुनिश्चित हुन नसकेको भन्दै तत्काल सो विषय कार्यान्वयन गर्न माग गरिन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us