क्रिस्टल प्यालेसको दुर्लभ जीत

काठमाण्डु टुडे २०७० मंसिर १९ गते ४:१० मा प्रकाशित

काठमाण्डु, १९ मंसिर–वेस्ट ह्याम विरुद्ध १–० को जीत हासिल गर्दै ईङ्गलिस प्रिमियर लिग क्लब क्रिस्टल प्यालेस लीग तालिकाको पुछारबाट एक स्थान माथि उक्लिएको छ । तालिकाका कुल २० टोली मध्ये उ १९ औं स्थानमा पुगेको छ ।

लिगमा खेलिएका १४ खेलमा यो प्यालेसको मात्र तेस्रो जीत हो । दुई खेलमा बराबरी समेत खेलेको प्यालेसको कुल १० अंक छ । लिग तालिकाको शीर्ष स्थानमा रहेको आर्सनलको भने १३ खेलबाट ३१ अंक छ । नयाँ टीम म्यानेर टोनी पुलिसको नेतृत्वमा उत्रिए यता यो क्रिस्टल प्यालेसको पहिलो जीत हो ।

कुल १४ खेलबाट नै १३ अंक सहित लिग तालिकाको १५ स्थानमा रहेको वेस्ट ह्यामलाई पराजित गर्ने क्रममा क्रिस्टल प्यालेसकालागि मोरक्कोका अन्तराष्ट्रिय खेलाडी माराउन चमखले एक मात्र गोल गरेका थिए । जारी लीगमा हालसम्म २२ गोल खाईसकेको क्रिस्टल प्यालेसको यो मात्र ८ औं गोल थियो । चामखको यो जारी लिगमा दोस्रो गोल हो ।

क्रिस्टल प्यालेसले अर्को खेल आगामी शनिबार कार्डिफसँग कार्डिफकै घरेलु मैदानमा खेल्ने छ । हालसम्म कुल १३ अंक हासिल गरेको कार्डिफ लिग तालिकामा १७ औ स्थानमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us