थाई विपक्षी नेतालाई पक्राउ पूर्जी

काठमाण्डु टुडे २०७० मंसिर १८ गते ५:४९ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर–थाईल्याण्डको अपराध हेर्ने अदालतले बिपक्षी दलका नेता बिरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । पछिल्लो चरणमा सरकार बिरोधी आन्दोलन हिंसात्मक बन्दै गएपछि अदालतले आन्दोलनरत दलका नेता सुथेप थउगसुबान बिरुद्ध पक्राउ आदेश दिएको हो ।

विपक्षीहरुले सरकारको राजीनामा माग्दै १० दिनदेखि आन्दोलन गर्दै आएका छन् । नेता सुथेप बिरुद्ध अबैधानिक रुपमा आन्दोलन चर्काएको आरोप लागेको छ । साथै उनलाई अर्थमन्त्रालय लगायतका सरकारी कार्यालय कब्जा गरेको आरोप पनि लागेको छ ।

अदालतले स्वघोषित ‘थाईल्याण्ड पुनरसंरचनाका लागि बिद्यार्थी र जनता’ भन्ने संजालका ४ जना नेतालाई पनि पक्राउ पूर्जी जारी गरेको अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

विपक्षीहरुको आन्दोलन चर्कदै गर्दा सरकारले भने आन्दोलनकारी बिरुद्ध कडा रुपमा प्रस्तुत हुने संकेत गरेको छ । प्रधानमन्त्री यीङलक सिनावात्रा अपदस्थ प्रधानमन्त्री थाक्सिन सिनावात्राको निर्देशनमा चलेको आरोप लगाउँदै विपक्षी दलहरुले उनको राजीनामा र नयाँ चुनावको मिति घोषणा गर्दै आन्दोलन गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us