११ जनालाई म्याच फिक्सिङको आरोप

काठमाण्डु टुडे २०७० मंसिर १८ गते २:४२ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर–पूर्वी युरोपेली देश ईस्टोनियामा विभिन्न ११ जना ब्यक्तिहरुलाई सन् २०११ र १२ मा भएका फुटबल खेलहरुमा म्याच फिक्सिङ गरेको आरोपमा अभियोग दर्ता गरिएको छ । ती ब्यक्तिहरुमाथि १२ वटा स्थानिय खेल र चार अन्तराष्ट्रिय खेलहरु फिक्स गराउन भुमिका खेलेको आरोप लगाईएको छ ।

ती ११ ब्यक्तिले ईस्टोनिया, युक्रेन र लिथुवानियाका विभिन्न खेलाडीहरुलाई पैसाको प्रलोभनमा म्याच फिक्सिङ गराएको आरोप लगाईएको हो । ती ब्यक्तिहरुले म्याच फिक्सिङबाट १ लाख ४७ हजार अमेरिकी डलर अबैध कमाई गरेको आरोप लागेको छ ।

यस्तै आरोपमा सन् २०१३ को शुरुमा फिफाले आठ ईस्टानियाली र एक लेबनानी खेलाडीलाई प्रतिबन्ध लगाएको थियो ।

पछिल्लो पक्राउका पछि थप खेलाडीहरुमाथि आरोप लाग्न सक्ने बताईएको छ । हालसम्म कुुनै खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन । युरोपमा विभिन्न ६ सय ८० वटा खेलहरुलाई म्याच फिक्सिङ भएको आरोपमा शंकाको घेरामा राखेर छानविन भईरहेकोे छ । जसमा विश्वकप र युरोपियन च्याम्पियनशिपका खेलहरु तथा च्याम्पियन्स लिगका खेलहरु पनि सामेल छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us