एनसेल कपको दोस्रो संस्करण आजबाट

काठमाण्डु टुडे २०७० मंसिर १७ गते ३:०२ मा प्रकाशित

Ncell-Cup-2070काठमाण्डु, १७ मंसिर– सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिता एनसेल कपको दोस्रो संस्करण सोमबारबाट काठमाण्डुमा शुरु हुँदैछ । प्रतियोगिताको उदघाटन खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लब भिड्नेछन् ।

दोस्रो खेलमा फ्रेण्ड्स क्लब र यती हिमालयन शेर्पा आमने सामने हुनेछन् । प्रतियोगितामा ए डिभिजनका १२ क्लवहरु सहभागि छन् ।

ए डिभिजनमा हाल १४ वटा क्लवहरु रहेपनि न्युरोड टिम (एनआरटी)ले आर्थीक कारणले यो बर्ष कुनै प्रतियोगितामा सहभागि नहुने जनाएको छ भने रानीपोखरी कर्नर टिम (आरसीटी)ले पनि तयारी नपुगेको भन्दै प्रंतियोगितामा भाग लिएको छैन ।

प्रतियोगितामा १२ टोली सहभागि छन् । विजेताले १५ लाख, उपविजेताले ७ लाख तथा सेमीफाईनलमा पुग्ने अन्य दुई टोलीले १ लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
प्रत्येक विधाका उत्कृष्ट ४ खेलाडी र एक प्रशिक्षकले जनही ७५ हजार पुरस्कार पाउनेछन् । एकजना उत्कृष्ट खेलाडीलाई मोटरसाईकल पुरस्कारको व्यवस्था मिलाइएको छ । प्रतियोगिता पुस २ गतेसम्म काठमाण्डुको दशरथ रंगशालामा चल्ने छ ।

प्रतियोगितामा भिआइपितर्फ ३०० र साधारण प्याराफिटतर्फ १०० रुपैयाँ टिकट निर्धारण गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us