भारतको अन्तरिक्षयान मङ्गल ग्रहतर्फको यात्राका लागि सफतापूर्वक प्रस्थान

काठमाण्डु टुडे २०७० मंसिर १६ गते १४:५५ मा प्रकाशित

बङ्गलौर, १६ मङ्सिर–मङ्गलग्रहतर्फ भारतको पहिलो अभियानले आइतबार पृथ्वीको कक्ष छोडी यात्राको दोस्रो चरणमा सफलतापूर्वक प्रवेश गरेको छ । यसले यस रातो ग्रहतर्फको एसियाको दौडलाई सफलता दिनसक्ने अनुमान वैज्ञानिकहरूले गरेका छन् ।
यो अन्तरिक्षयान सफलतापूर्वक पृथ्वीको कक्षबाहिर पुगेको छ र यसले मङ्गलसम्म १० महिनाको यात्रा गर्नेछ । यसबीचमा यस यानले सूर्यको पनि परिक्रमा गर्नेछ । आउँदो सेप्टेम्बरमा यो यान मङ्गलमा पुग्ने अनुमान गरिएको छ । India spacecraf
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनका अध्यक्ष के. राधाकृष्णनले ट्विटमा सबैकुरा सही रूपमा अगाडि बढेको, आफूहरूले मङ्गलयानको स्वास्थ्य तथा सबै कुरा सामान्य पाएको बताएका छन ।
सङ्गठनले एक विज्ञप्ति प्रकाशन गरी अन्तरिक्षयान १० महिनाको यात्रा तथा सूर्यलाई परिक्रमा गरी मङ्गलमा पुग्ने जानकारी दिएको छ ।
यस अभियानले मङ्गलयानले एक अर्ब २० करोड जनताको सपना मङ्गलतर्फ लगेको धारणा व्यक्त गरेको छ ।
मङ्गलतर्फको आधाभन्दा बढी अभियानहरू असफल भएका छन् र चीनले सन् २०११ तथा जापानले २००३ मा असफलता हासिल गरेका छन् । यसैले मङ्गल पुग्नुपूर्व मङ्गलयानले पनि अझै बाधा भोग्नुपर्ने हुन्छ ।
हालसम्म अमेरिका, युरोपेली अन्तरिक्ष संस्था तथा रसियाले मात्र मङ्गलमा सफल अभियान पठाएका छन् ।
भारतले हालसम्म अन्तरग्रह यात्राको प्रयास गरेको छैन र ऊ ४.५ अर्ब भारतीय रूपैयाँ (सात करोड ३० लाख अमेरिकी डलर) को साथमा पहिलो पटक यस्तो कार्यक्रममा अगाडि बढेको छ ।
नासालाई मानवविहीन विमान पठाउन ६७ करोड १० लाख अमेरिकी डलर लागेको थियो । अमेरिकाले नोभेम्बर १८ मा मङ्गलले आफ्नो ताप तथा पानी किन गुमायो भन्ने विषय अनुसन्धान गर्न अर्को विमान पठाएको थियो ।
यी दुबै विमान सेप्टेम्बर महिनामा मङगल पुग्ने अपेक्षा गरिएको छ । भारतको सुनौला रङको विमानले मङ्गलमा मेथेन भए नभएको अनुसन्धान गर्नेछ र यसले मङ्गलमा जीवन रहनसक्ने विषयमा जानकारी दिनेछ ।
मङ्गलयान नोभेम्बर ५ मा प्रक्षेपण भएको हो । यो पर्याप्त ऊर्जाको अभावमा पृथ्वीबाट सोझै प्रक्षेपण नभइ पृथ्वीको कक्षमा पुगेको हो र नोभेम्बरसम्म यसले पृथ्वीको कक्षबाट बाहिर जान पर्याप्त गति प्राप्त गरेको थियो ।
यस यानमा क्यामरा, इमेजिङ स्पेक्टोमिटर, मिथेन सेन्सर तथा अन्य उपकरण रहेको बताइएको छ ।
चीनको यान पृथ्वीको वातावरणबाट बाहिर जान नसकेपछि १५ महिना अगाडि भारतीय प्रधानमन्त्री मनमोहन सिंहले स्वतन्त्रता दिवसका अवसरमा मङ्गलयान परियोजनाको घोषणा गर्नुभएको हो । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us