नेपाललाई विश्वकपमा पुर्‍याउने खेलाडीहरु स्वदेश फर्किए

काठमाण्डु टुडे २०७० मंसिर १६ गते १३:४६ मा प्रकाशित

काठमाण्डु, १६ मंसिर– आइसीसी ट्वान्टी–२० विश्वकपमा नेपाललाई प्रवेश गराउन सफल नेपाली क्रिकेट खेलाडीहरु स्वदेश फर्केका छन् । उनीहरु युएईमा भएको ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिता सकेर आइतबार साँझ ६ बजे स्वदेश आइपुगेका हुन् ।

छनोट प्रतियोगितामा तेस्रो स्थान समेत पाउन सफल क्रिकेट खेलाडीहरुलाई स्वागत गर्नका लागि स्वतःस्फू्र्त रुपमा नेपाली नागरिकहरु विमानस्थल पुगेका थिए । क्रिकेट प्रेमीहरुको स्वागतको भीड निकै भएकाले सुरक्षा अवस्था कडा पारिएको थियो ।

खेलाडीहरु ६ बजे नै विमानस्थल आयपुगेपनि विमानस्थलमा लगेज लिने लगायतका कार्यहरु व्यवस्थित नगरिँदा सावा ७ बजेसम्म पनि विमानस्थलबाट बाहिर आउन सकेनन् । खेलाडीहरुको भव्य स्वागत गर्ने भनिएपनि क्रिकेट संघको व्यवस्थापन यसर्थ पनि फितलो देखिएको थयो ।

Cricket toli nepal ma welcome (3)

स्वागतका लागि ठूलो संख्यामा फूलमालासहित विमानस्थल पुगेका युवाहरुले नेपाली गौरवको नारा लगाएका थिए । खेलाडीहरुलाई विमानस्थलबाट सामूहिक रुपमा सहर परिक्रमा भने मंगलबार मात्र गर्ने संघले जनाएको छ ।

नेपाली क्रिकेटले अहिलेसम्मकै ठूलो सफलता हात लाउँदै आउँदो वर्ष बंगलादेशमा हुने विश्वकप खेल्नेछ । हङकङलाई हराउँदै नेपाल विश्वकपमा पुगेको हो । सेमिफाइनलमा अफगानिस्तानसँग पराजित भएपछि तेस्रो स्थानका लागि युएईसँग भएको खेलमा नेपालले ५ विकेटले जितेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us