संविधानसभामा दलितको प्रतिनिधित्वको वाचा

काठमाण्डु टुडे २०७० मंसिर १६ गते १२:४१ मा प्रकाशित

CA-Bicc_2nd-Nepalकाठमाण्डु, १६ मंसिर– प्रमुख दलका प्रभावशाली नेताहरुले आगामि संविधानसभा र सरकारमा दलितको उचित प्रतिनिधित्व गराउने प्रतिवद्धता ब्यक्त गरेका छन ।

राष्ट्रिय दलित आयोगले गरेको अन्र्तक्रियामा नेपाली काँग्रेसका नेता डा. प्रकाशसरण महतले आगामी सरकारमा र संविधानसभामा काँग्रेसले बढी भन्दा बढी दलितको प्रतिनिधित्व गराउने प्रतिवद्धता व्यक्त गरे ।

उनले संविधानमा उल्लेख भए भन्दा बढी प्रतिनिधित्व गराउने सोचमा काँग्रेस रहेको भन्दै काँग्रेसले नै नेपालबाट छुवाछुटको अन्त्य गरेकोले काँग्रेसमाथि शंका नगर्न आग्रह गरे ।

त्यस्तै एकीकृत नेकपा माओवादीका नेता दवेन्द्र पौडेलले संविधानसभामा पार्टीको तर्फबाट समावेशी र समानुपातिक प्रतिनिधित्व गराउने प्रतिवद्धता व्यक्त गर्दै दलितहरुको मुक्तकै लागि माओवादीले जनयुद्ध लडेकोले दलितहरुलाई उनीहरुको अधिकार दिन पार्टी पछि नपर्ने स्पष्ट पारे । उनले आफूहरु संविधानसभामा जाँदा दलितको उचित समावेसी प्रतिनिधित्व लिएर जाने बताए ।

राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले आफ्नो पार्टीले दलितको सम्मान गर्ने भन्दै संविधानसभामा प्राप्त सिटमा दलितको समावेशी प्रतिनिधित्व पार्टीले गराउने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us