चुनावले बाटो खोल्योः मन्त्री पौडेल

काठमाण्डु टुडे २०७० मंसिर १६ गते ८:४७ मा प्रकाशित

म्याग्दी, १६ मंसिर– सूचना तथा सञ्चार मन्त्री माधव पौडेलले संविधानसभा निर्वाचनले मुलुकको राजनीतिक निकासका लागि बाटो खुलेको बताएका छन् ।

उनले भने, ‘अब मुलकुमा राजनीतिक निकासको मार्गप्रशस्त भएको छ । नेपाली जनताले अब नयाँ संविधान पाउने छन् ।’ म्याग्दीको ज्यामरुककोट–८ हाँडेभिरमा जिल्ला शिक्षा कार्यालयको नवनिर्मित भवनको आज  उद्घाटन गर्दै मन्त्री पौडेलले निर्वाचनपछि मुलुकमा राजनीतिक स्थायित्व र संविधान निर्माणको वातावरण बनेको बताए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us