
काठमाण्डु, १६ मंसिर–आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेट छनोट प्रतियोगिताको उपाधी आयरल्याण्डले जितेको छ । युएइस्थित आबुधाबीमा शनिबार राति सम्पन्न फाइनल खेलमा अफगानिस्तानलाई ६८ रनले हराउँदै आयरल्याण्डले उपाधी जितेको हो ।
टस जितेर ब्याटिङ गरेको आयरल्याण्डले अफगानिस्तानलाई निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २२५ रन बनाएको थियो । २२६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १८ ओभर ५ बलमा ओभरमा अल आउट हुँदै १५७ रनमा सीमित भएको थियो । हारसँगै अफगानिस्तान प्रतियोगितामा दोस्रो भएको छ ।
सोही स्थानमा शनिबार साँझ सम्पन्न खेलमा नेपालले संयुक्त अरव इमिरेट्स (युएई)लाई ५ विकेटले हराउँदै प्रतियोगितामा तेस्रो भएको थियो ।
यस्तै आयोजक युएई भने चौथो भयो । प्रतियोगितामा नेपाललगायत १६ टिमले प्रतिस्पर्धा गरेका थिए ।