
काठमाण्डु, १६ मंसिर–निर्वाचन आयोगले समानुपातिक तर्फको सिट संख्या तय गरेर राजनीतिक दलहरुलाई जानकारी गराउँदै छ । दलहरुले समानुपातिकतर्फ पाउने सिट संख्या अपरान्हसम्म टुंगो लाग्ने र पत्राचार गरेर जानकारी गराउने आयोगको तयारी छ ।
दलहरुले पत्र पाएको एक हप्ताभित्र बन्दसूचीमा रहेका उम्मेदवारहरुमध्येबाट सभासद छनौट गरी आयोगमा नामावली बुझाउनु पर्ने छ । त्यसरी बुझाइएको नामावली सच्याउन दलहरुलाई तीन दिनको समय दिइन्छ । त्यसपछि अन्तिम नामावली सार्बजनिक गर्ने आयोगले जनाएको छ ।
प्रत्यक्ष र समानुपातिक तर्फ गरेर नेपाली काँग्रेसका १ सय ९६, नेकपा एमालेका १ सय ७५ र एकीकृत नेकपा माओवादीका ८० सभासद संविधानसभामा रहने छन् । दोस्रो संविधानसभामा ३१ दलको प्रतिनिधित्व रहने छ । पहिलो संविधानसभामा २५ दल थिए ।