
काठमाण्डु, १५ मंसिर– ट्वान्टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपाल तेस्रो भएको छ । नेपालले युएईलाई ५ विकेटले हराउँदै तेस्रो बन्न सफल भएको हो ।
खेलमा नेपाललाई युएईले १ सय ३२ रनको लक्ष्य दिएको छ । सो लक्ष्य नेपालले ४ बल बाँकी छँदा ५ विकेट गुमाएर पाएको हो ।
युएईको आबुधाबीमा जारी खेलमा टस जितेर नेपालले पहिले बलिङ गरेको थियो । खेलमा निर्धारित २० ओभरमा युएईले ५ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो ।
युएईका लागि अब्दुल साकुरले सर्वाधिक २८ रन जोड्न सफल भएका थिए भने नेपालका लागि बसन्त रेग्मीले ४ विकेट लिएका थिए । त्यस्तै शक्ति गौचन १ विकेट लिन सफल भएका थिए ।
सेमिफाइनलामा अफगानिस्तानसँग ७ विकेटले हारेपछि नेपाले तेस्रो स्थानका लागि युएईसँग खेलेको हो । युएईले सेमिफाइनलमा आयरल्याण्डसँग हारेको थियो । यद्यपी नेपाल विश्वकपमा भने प्रवेश गरिसकेको छ ।
नेपाल अहिले युएईविरुद्ध ब्याटिङमा उत्रेको छ । छनोट प्रतियोगिताको फाइनल खेल अफगानिस्तान र आयरल्याण्डबीच शनिबारै हुनेछ ।