हङकङमा उच्च गतिको डुङ्गा दुर्घटनामा ८७ जना घाइते

काठमाण्डु टुडे २०७० मंसिर १४ गते १२:५७ मा प्रकाशित

हङकङ, १४ मङ्सिर–हङकङबाट मकाउतर्फ गइरहेको एक उच्च गतिको डुङ्गा थाहा नभएको एक वस्तुसँग ठक्कर खाँदा ८७ व्यक्ति घाइते भएका छन् । एक वर्ष अगाडि यस्तै एक दुर्घटना हुँदा ३९ व्यक्तिको मृत्युभएको थियो ।
राति स्थानीय समयअनुसार १:१५ बजे करिब १०५ यात्रु तथा चालक दलका १० सदस्ययुक्त ‘‘मदिरा’’ नामक दुई तले जहाज हङकङ नजिकै एक थाहा नभएको वस्तुमा ठक्कर खाएको उक्त डुङ्गाका सञ्चालक टर्बोजेटले जानकारी दिएको छ ।
हङकङ प्रशासनका प्रवक्ताले आफूलाई ८७ व्यक्ति घाइते भएको तथा तीमध्ये तीनको अवस्था गम्भीर रहेको थाहा भएको बताइन् ।
डुङ्गाका यात्रुहरूले वाहन एक वस्तुसँग ठक्कर खाएको मात्र थाहा भएको बताएका छन् । रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us