नेपालको अफगानिस्तानसँग ७ विकेटको हार

काठमाण्डु टुडे २०७० मंसिर १४ गते ११:४० मा प्रकाशित

t 20 qualifier in dudaiकाठमाण्डु, १४ मंसिर– आइसीसी ट्वान्टी–२० विश्कप छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग ७ विकेटले पराजित भएको छ ।

युएईमा जारी प्रतियोगितामा पहिले ब्याटिङ गर्दै ९१ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य अफगानिस्तानले ३ विकेट गुमाउँदै १४ दशमलव २ ओभरमै पूरा गरेको हो । नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सफल भएको थियो ।

नेपालले अफगानिस्तानसँग खेलेको खेलमा अहिलेसम्म विजयी हुन सकेको छैन । अफगानिस्तान नेपाली टिमका लागि सधैं खतरनाक प्रतिद्वन्द्वीका रुपमा रहँदै आएको छ ।

एसीसी टी २० प्रतियोगितामा पनि नपालले अफगानिस्तानसँग ७ विकेटले हार बेहोरेको थियो । सेमिफाइनलमा पराजित भएपछि नेपालले तेस्रो स्थानको लागि शनिबार यएइ र नेदरल्याण्डमध्य एक टोलीसँग खेल्नेछ ।

नेपालका अभिनाश कर्णले ३ ओभरमा १७ रन खर्चिएर २ विकेट लिए भने बसन्त रेग्मीले १ विकेट हात पारे । निकै महंगो बलिङ गरेका कप्तान पारस खड्काले १ ओभरमा १७ रन दिए ।

नेपालका लागि शरद भेष्वाकर ले २८ बलमा २७ रन र जितेन्द्र मुखिया ६ बलमा ४ रन बनाइ अभिजित भएका थिए ।

बसन्त रेग्मी १३ बलमा ८ रन, शक्ति गौचन ४ बलमा २ रन, प्रदीप ऐरी ७ रन, विनोद भण्डारी ३ रन, सागर पुन २, सुवास खकुरेल ३, पारस खड्का १३ र ज्ञानेन्द्र मल्ल १४ रन बनाएर आउट भएका थिए ।

नेपालले अफगानिस्तानविरुद्धको दिएको लक्ष्य रक्षा गर्न निकै मुस्किल थियो । नेपालले  ट्वान्टी–२० खेलमा पूरा ओभर खेलेर दोस्रोपटक न्यून रन बनाएको हो । गत वर्ष यसै प्रतियोगितामा नेपालले नेदरल्याण्डसँगको खेलमा ७ विकेट गुमाएर ८५ रन मात्रै बनाएको थियो ।

यद्यपी नेपाल बुधबार नै हङकङलाई ५ विकेटले हराउँदै विश्वकप प्रवेश गरिसकेको छ । अफानिस्तानले दोस्रो इनिङमा ब्याटिङ गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us