प्रतिरक्षा क्षेत्रमा चिनियाँ युद्धक विमान

काठमाण्डु टुडे २०७० मंसिर १४ गते ३:३९ मा प्रकाशित

Chinaकाठमाण्डु, १४ मंसिर– चीनले एकतर्फी रुपमा घोषणा गरेको हवाई प्रतिरक्षा क्षेत्रमा युद्धक विमान पठाएको छ । जापान र दक्षिण कोरियाले समेत आफ्नो दावी गर्दै आएको सो क्षेत्र आफ्नो भएको दावी गर्दै आएको चीनले सैनिक सतर्कतासमेत बढाएको छ ।

चीनको पछिल्लो कदमले जापान र दक्षिण कोरिया थप रुष्ट बनेका छन् । अमेरिकाले समेत चीनको सो कदमको विरोध गरेको छ । चीनले एकतर्फी रुपमा हवाई क्षेत्र अतिक्रमण गरेको भन्दै अमेरिका, जापान र दक्षिण कोरियाले सो क्षेत्रमाथि हवाई उडान गरेका थिए ।

चीनले भने राष्ट्रिय अखण्डताको रक्षाकोलागि कदम चालेको प्रतिकृया दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us