हतियार भण्डारण स्थलमा विष्फोट, ३० जनाको मृत्यु

काठमाण्डु टुडे २०७० मंसिर १४ गते ३:१९ मा प्रकाशित

काठमाण्डु, १४ मंसिर–लिवियाको दक्षिण क्षेत्रस्थित हतियार भण्डारण गरिएको ठाउँमा विष्फोट हुँदा ३० जनाको मृत्यु भएको छ । अफ्रिकी आप्रवासी सहितको एक समूहले गतिविधि बढाएकोबेला यो विष्फोट भएको बीबीसीले जनाएको छ ।

घटनास्थल राजधानी त्रिपोलीबाट ६५० किलोमिटर टाढा पर्छ । विष्फोटको कारण नखुलेको र घटनाको अनुसन्धान सुरु गरेको अधिकारीहरुले बताएका छन् ।

यसअघि लिवियाकै बेङ्घाजीमा विद्रोही समूहसँगको भिडन्तमा चार जना सरकारी सेनाको मृत्यु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us