रोजगार अनुमति प्रणाली नेपालकै उत्कृष्ट

काठमाण्डु टुडे २०७० मंसिर १३ गते १२:५२ मा प्रकाशित

south korea१३ मंसिर– दक्षिण कोरियामा आयोजित रोजगार अनुमति प्रणाली (इपिएस) सम्बन्धी एक कार्यशाला गोष्ठीमा नेपालले प्रस्तुत गरेको कार्यपत्रका लागि उत्कृष्ट पुरस्कार प्रदान गरिएको छ ।

दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित रोजगार अनुमति प्रणालीअन्तर्गत कामदार पठाउने मुलुकको अनुभव आदाप्रदानसम्बन्धी कार्यशाला गोष्ठीमा प्रस्तुत १५ प्रतिवेदनमध्ये नेपालको प्रतिवेदनले प्रथम स्थान हासिल गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

कामदार कोरिया पठाउन लागिएको अवधि, कोरियामा गैरकानुनी बसाइँसराइलाई निरुत्साहित पार्न गरिएको प्रयास, मानव संसाधन विकास, कोरियासँगको सम्बन्ध र प्रक्रियागत स्वच्छतासमेतको आधारमा गरिएको मूल्याङ्कनमा नेपाल प्रथम भएको जनाइएको छ ।

यसअघि नेपालले सन् २००९ र २०११ मा पनि उत्कृष्ट पुरस्कार पाएको थियो ।  कार्यशालामा उक्त विभागका महानिर्देशक विनोद केसी र इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोला सो कार्यशालामा सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us