
काठमाण्डु, १३ मंसिर– युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठले नेपालको खेलकुद इतिहासमै सबैभन्दा ठूलो उपलब्धिको रुपमा प्राप्त भएको नेपाली क्रिकेटको आइसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको लागि भएको छनौटलाई संस्थागत गर्न सरकारले सबै खाले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
उनले सिमित साधान स्रोतको भरमा नेपाली क्रिकेट टिमले ऐतिहासिक उपलब्धि हासिकल गरेको उल्लेख गर्दै यो उपलब्धिले नेपाल सरकारसामू थप चुनौती र अवसर आएको बताए । मन्त्री श्रेष्ठले भने, ‘यो ठूलो विजयलाई संवोधनसँगै संस्थागत गर्नुपर्छ । त्यसको लागि सरकार सबै खाले सहयोग गर्न तयार छ । त्यसको लागि सरकारले खेलकुद विज्ञ, राष्ट्रिय खेलकुद परिषद, नेपाल क्रिकेट संघसँग छलफल गरेर योजनावद्ध रुपमा सरकार अघि बढ्छ ।’
प्रत्येक खेलाडीलाई १० लाख
रिपोटर्स क्लबमा आयोजित साक्षात्कारमा उनले क्यान र राखेपलाई क्रिकेटको विकासको लागि भावी योजना ल्याउन आग्रह गर्दै सरकारले तत्काल विजयी क्रिकेट खेलाडीका लागि जनही १० लाख रुपैयाँको दरले रकम दिएर सम्मान गर्ने जानकारी दिए । उनले खेलाडीहरुका लागि थप सेवा सुविधा घोषणा गर्ने विषयमा पनि सरकारले सोचेको बताए ।
क्रिकेटको विकासको लागि आर्थिक, भौतिक सँगै यस पटक सरकारले खेलाडीहरुको मनोवल उच्च पार्ने विषयमा पनि आवश्यक काम गर्ने प्रतिबद्धता साक्षात्कारमा मन्त्री श्रेष्ठले बताए ।
क्रिकेटलाई राखेपले केन्द्रमा राख्ने
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव यूवराज लामाले क्रिकेटमा प्राप्त उपलब्धिलाई रक्षा गर्न खेलकुद परिषदले क्यानसँग मिलेर भावीयोजना तयार पार्ने जानकारी दिँदै अब परिषदले विश्वकप क्रिकेटलाई केन्द्रमा राखेर लगानी गर्ने समेत बताए ।
उनले संविधानसभाको निर्वाचनको परिणामले विभाजित गरेको देशलाई क्रिकेटमा प्राप्त उपलब्धिले जोडेको भन्दै अब क्रिकेटको विकासको लागि पूर्वाधार निर्माणलाई दु्रत गतिमा अघि बढाउने प्रतिवद्धता समेत ब्यक्त गरे ।
२० लाखको कोष घोषणा
नेपाल क्रिकेटसंघ क्यानका अध्यक्ष टंक आङबुहाङले जितसँगै क्यानमा थप जिम्मेवारी र चुनौती आएको भन्दै अब तात्कालिन र दिर्घकालिन योजना बनाएर अघि बढ्नु पर्ने बताए ।
उनले तात्कालिन योजना अन्र्तगत तत्कालै विजयी खेलाडीहरुको भत्ता ५ हजारबाट १० हजार बनाउने, १ लाख रुपैयाँको दरले खेलाडीलाई सम्मान गर्ने र २० लाख रुपैयाँको कल्याणकारी कोष बनाउने घोषणा गरे । उनले दिर्घकालिन योजना अन्र्तगत तल्लो तहसम्म क्रिकेटलाई पु¥याउने, क्रिकेट क्लबको अवधारणालाई अघि बढाउने, ईण्डोर र सुविधा सम्पन्न स्टेडियम निर्माण गर्नु पर्नेमा जोड दिए ।
उनले क्रिकेटमा प्राप्त ऐतिहासिक उपलब्धिको रक्षाको लागि क्यान, खेलकुद परिषद, सरकार, निजी क्षेत्र र प्रायोजकहरुले संयूक्त रुपमा प्रयास गर्नुपर्नेमा जोड दिँदै अब क्रिकेटको विकास क्यानको एक्लो जिम्मेवारी मात्र नभएको बताए । उनले भने, ‘अब क्यानले मात्रै होइन, राष्ट्रले नै गर्नुपर्छ । सबै मिलेर अघि बढे बल्र्डकप नै नेपालमा गर्न सकिन्छ ।’
थप कोचको आवश्यकता
यानका पूर्व अध्यक्ष विनयराज पाण्डेले अब राष्ट्रले संरक्षण गरे मात्रै क्रिकेटको थप विकास हुने भन्दै अब क्रिकेटबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न कम्तिमा तीन वटा ईण्डेर मैदान, सुविधानसम्पन्न रंगशाला, आन्तरिक क्रिकेट प्रतियोगिता र थप विशेषज्ञ कोच ल्याए थप कोचिङ गर्नु पर्नेमा जोड दिए ।
उनले अहिलेको जितलाई पुजिकरण गर्दै प्रायोजकहरुलाई प्रोत्साहन गर्नु पर्ने अझै १० वर्षकोलागि ठोस योजना र लगानीसहित अघि बढे विश्वकपको उपाधी नेपालमा आउन सक्ने सम्भावना रहेको बताए । पाण्डेले १४ वर्षको छोटो अवधीमा नेपालले अहिलेको उपलब्धि हासिल गरेको भन्दै अझै त्यति नै समयको योजना बढाएर अघि बढ्नु पर्नेमा जोड दिए ।
फेरि तल झर्न सक्छ
क्यानका महासचिव अशोकनाथ प्याकुरेलले नेपाल विश्वकपमा पुगेपछि धेरै चुनौती थपिएको भन्दै यसलाई उपयुक्त रुपमा व्यवस्थापन गर्न नसके नेपाली क्रिकेट फेरि तल झर्ने बताए ।
उनले अहिलेसम्म क्यानले घरेलु क्रिकेटमा भन्दा अन्तर्राष्ट्रिय क्रिकेटमा ध्यान दिएकोले उपलब्धि जोगाई रहन केही चुनौति रहेको भन्दै अब घरेलु क्रिकेटमा अघि बढ्नु पर्नेमा जोड दिए । उनले उपलब्धि जोगाउनलाई सरकारले क्रिकेटलाई प्राथमिकमा राख्नु पर्नेमा जोड दिए ।
सुन्दर भविष्य
नेपाल क्रिकेट टिमका पूर्व कप्तान विनोद दासले नेपाली क्रिकेटमा ट्यालेन्टको कमी नभएकोले सहयोगी हातहरुको आवश्यकता भएको भन्दै खेलाडीहरुलाई बधाईसँगै ठोस सेवासुविधा पनि राष्ट्रले दिनसके भविष्य अझै सुन्दर रहेको बताए ।
उनले तालिमलाई अझै वैज्ञानिक बनाउनु पर्ने र पूर्वाधारको विकासमा थप जोड दिनु पर्नेमा जोड दिए ।