पूर्वप्रधानमन्त्री बर्लुस्कोनी संसदबाट बर्खास्त

काठमाण्डु टुडे २०७० मंसिर १३ गते २:३२ मा प्रकाशित

Berlusconiकाठमाण्डु, १३ मंसिर–ईटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीलाई संसद सदस्यबाट निलम्बित गरिएको छ । कर छलीको आरोपमा दोषी ठहरिएपछि बर्लुस्कोनीलाई संसदबाट निलम्बित गरिएको हो ।

संसद सदस्यबाट निलम्बित गरिएपछि अब उनलाई सजाय सुनाईने छ । ईटालीमा सांसदहरुलाई कारवाहीको अनुमति छैन । २० वर्षदेखि ईटालीको राजनीतिका केन्द्रीय ब्यक्तित्व रहेका र सबैभन्दा शक्तिशाली मानिएका बर्लुस्कोनी माथि अब गिरफ्तारीको खतरा बढेको छ । गिरफ्तार गरी उनलाई घरमै नजरबन्दमा राखिने सम्भावना छ । या उनलाई समाजिक सेवामा समेत लगाउन सकिने ईटालीमा प्रावधान छ । साथै उनले ६ बर्षसम्म आम निर्वाचनमा पनि भाग लिन पाउने छैनन् ।

बर्लुस्कोनीले भने आफूमाथिको कारवाहीलाई लोकतन्त्रको दुःखद दिन भनेका छन् । बर्लुस्कोनीलाई निलम्बित गर्नुअघि पूर्व ईटालीको संसदमा ब्यापक बहस भएको थियो । बर्लुस्कोनीलाई निकै लज्जास्पद स्थितिमा संसदबाट हटाईएको जनाईएको छ । संसदले उनलाई कारवाही गर्ने क्रममा ‘अपराधी सावित भईसकेका ब्यक्तिलाई सार्वजनिक पदमा बसिरहने कुनै अधिकार छैन’ भन्दै संसदबाट निलम्बित गर्ने निर्णय गरेको हो । त्यसअघि उनलाई निलम्वन गर्ने की नगर्ने भन्नेमा संसदमा मतदान भएको थियो ।

मिडिया टाईकुन बर्लुस्कोनी बेला बेलामा विवादमा तानिने गर्छन् । यसअघि पनि उनलाई एक यौनकाण्डमा सात वर्षको कारवासको सजाय भईसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us