म्यान्यू प्रिक्वाटर फाईनलमा

काठमाण्डु टुडे २०७० मंसिर १३ गते २:१८ मा प्रकाशित

Manchester-Unitedकाठमाण्डु, १३ मंसिर–जर्मन क्बल वायन लेभरकुसनलाई शून्यका विरुद्ध ५ गोलले स्तब्ध पार्दै म्यान्चेस्टर युनाईटेड च्याम्पियन्स लिगको प्रिक्वाटर फाईनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगमा घरेलु मैदान बाहिर यो म्यान्यूको अहिलेसम्मकै सबैभन्दा ठूलो जीत हो । म्यान्यूको जीतसँगै जर्मन लिगको दोस्रो स्थानको टोली लेभरकुसनको घरेलु मैदानको अविजित यात्रा पनि टुङ्गिएको छ ।

म्यान्यूले गरेको पाँच गोलमध्ये कुनै पनि गोल म्यान्यूका स्टार खेलाडी वायन रुनीको नाममा रहेन तर रुनी ५ मध्येका ४ गोलमा सहयोगि सिद्ध भए ।

बुधबार राती नै खेलिएको अर्को खेलमा स्पेनी क्लब रियल म्याड्रिडले टर्कीको क्लब ग्लात्सबरीलाई १ का विरुद्ध ४ गोलले पराजित गरेको छ । त्यस्तै जर्मन लिग विजेता वायर्नम्युनिखले रुसी क्लब सीएसकेए मस्कोलाई ३–१ ले पराजित गरेको छ । वायर्नको यो लगातार १० औं जीत हो ।

त्यसैगरी ईटालीको क्लब युभेन्ट्सले डेनमार्कको एफसी कोपनहेगनलाई ३–१ ले पराजित गर्यो । अर्को खेलमा युक्रेनको क्लब शखार दोस्तखले स्पेनी क्लब रियल सोसियादादलाई शून्यका विरुद्ध ४ गोलले स्तब्ध पार्यो । त्यसैगरि म्यानचेस्टर सिटी, बेनिफेसिया, पेरिस सेन्टजर्मेन पनि आ–आफ्नो खेलमा विजयी भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us