जर्मन चान्सलरलाई सरकार गठन गर्न समर्थन प्राप्त

काठमाण्डु टुडे २०७० मंसिर १३ गते १:११ मा प्रकाशित

Germanबर्लिन, १३ मङ्सिर–जर्मन चान्सलर एङ्गेला मर्केलले आफ्नो परम्परावादी पार्टीले दुई महिना अगाडि निर्वाचनमा विजय हासिल गरे पनि सरकार गठन गर्न पुग्नेगरी बहुमत प्राप्त गर्न नसकेपछि आफ्ना प्रमुख प्रतिद्वन्द्वी सोसियल डोमोक्र्याट्ससँग गठबन्धन सरकार गठन गर्न बुधबार समर्थन प्राप्त गरेकी छन ।
चान्सलर मर्केलको क्रिस्चियन डोमोक्र्याटिक युनियन (सीडीयु) सीएसयु तथा मध्यबामपन्थी सोसियल डेमोक्र्याटिक पार्टी (एसपीडी)सँग १७ घण्टासम्म लगातार वार्ता गरेपछि बिहान हुनुपूर्व उक्त निर्णयमा पुगेको हो ।
पाँच साता लामो मोलमोलाइ तथा अन्तिम चरणको तनावपूर्ण वार्तापछि एसपीडीले केही लाभ प्राप्त गरेको छ ।
चान्सलर मर्केलले डिसेम्बर १७ मा युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रका लागि थप चार वर्षे कार्यकालका लागि सपथग्रहण गर्ने अनुमान छ ।
एसपीडीका महासचिव एन्ड्रिया नेहल्सले बर्लिनमा आफूहरुले अन्त्यसम्म कडा रुपमा वार्ता गरेको बताए । उनले आफूहरुले यस प्रस्तावलाई आफ्नो सदस्यबीच प्रस्तुत गर्नसक्ने बताए ।
यस सम्झौताको सीडीयुका महासचिव हर्मन ग्रोएले प्रशंसा गरे भने सीएसयुका समकक्षी एलेक्जान्डर डोब्रिन्टले आफ्ना मागहरु यसमा प्रतिविम्बित भएको बताए । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us