विश्वकपमा नेपाल : विभाजित राष्ट्रिय मनस्थितिलाई जोड्ने पुल

काठमाण्डु टुडे २०७० मंसिर १२ गते १४:१५ मा प्रकाशित

नेपालले खेल जगतमा सर्वाधिक ठूलो उपलब्धी हासिल गरेको छ । नेपालको खेल इतिहासमै नेपाली जनतालाई क्रिकेटले अहिले सर्वाधिक खुसी दिलाएको छ । कुनै पनि खेलमा विश्वकप खेल्नु खेलको सर्वाधिक उपलब्धी मानिन्छ । नेपाली क्रिकेटले पनि अब विश्वकप खेल्ने भएको छ ।

संयुक्त अरब ईमिरेट्समा भईरहेको विश्वकप छनौट प्रतियोगितमा कयौं उतार चढावपछि आखिर नेपाल विश्वकपमा छनौट भएको छ । विश्वकपमा छनौट हुन सक्ने अन्तिम एउटा अवसर बाँकी छँदा नै त्यसभन्दा पहिले नै नेपाल विश्वकपको लागि छनौट हुन सफल भएको छ । छनौट र जितसँगै नेपाल जारी प्रतियोगिताको सेमिफाइनमा समेत पुगेको छ ।

t 20 qualifier in dudaiअफगानिस्तानसँग फेरि भेट

सेमिफाइनलमा नेपालले अब चीरप्रतिद्वन्द्वी अफगानिस्तानसँग फेरि एकचोटि खेल्ने छ । लगातार निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल अफगानिस्तानसित पराजित हुँदै आएको छ । विश्वकपमा प्रवेशसँगै अफगानिस्तानलाई समेत पराजित गर्न सके नेपाली खेलाडीलाई ठूलो आत्मविश्वास प्राप्त हुनेछ । जसले गर्दा विश्वकपमा समेत उत्कृष्ट खेल प्रस्तुत गर्न नेपाली क्रिकेट टोलीलाई प्रेरित गर्नेछ । पछिल्लो समय टेस्ट मान्यता प्राप्त राष्ट्र पछि अफगानिस्तानै सबैभन्दा उत्कृट प्रदर्शन गर्दै आएको छ ।

यस प्रतियोगिताको सेमिफाइनलमा यस अघि नै प्रवेश गरिसकेका अफगानिस्ता र आयरल्याण्ड टि–ट्वान्टीको अन्तरर्राष्ट्रिय वरियतामा टस्ेट खेल्ने दुई राष्ट्र बंगलादेश र जिम्बावेभन्दा पनि माथि छन् । यस प्रतियोगितामा उनिहरु विरुद्धको जितले नेपाललाई टेस्ट खेल्ने राष्ट्रहरुलाई समेत हराउन सकिन्छ भन्ने आत्मविश्वास समेत प्राप्त हुनेछ ।

इतिहासकै सर्वाधिक सफलता

जे होस नेपाली क्रिकेट नेपाली खेल इतिहासलाई अहिले सम्मकै सर्वाधिक सफलता दिलाएको छ । टिम खेलमा नेपालले विश्वकप खेलेको अब बंगलादेशमा करिब तीन महिना पछि हुने ट्वान्टी–२० विश्वकप नै पहिलो प्रतिस्पर्धा हुनेछ ।

एकल प्रतिस्पर्धाको केही खेलमा नेपालले यसअघि पनि विश्वकप खेलिसको छ । जसमा तेकवान्दो र कराँते पर्छन् । तेकवान्दोमा नेपाल कुनै बेला निकै सफल राष्ट्र मानिन्थ्यो । तर अहिले नेपालको तेकवान्दोमा त्यहि स्थिति रहन सकेन । क्रिकेटमा पनि ध्यान नदिने हो भने फेरि नेपालको स्थिति त्यस्तै हुन सक्छ ।

cricket nepal latest 20-20- qualifier-dubai

उपलब्धी जोगाउन लगानी

अब क्रिकेटमा राष्ट्रले लगानी गर्नुपर्ने बेला भएको छ । यस्ता खेलले राष्ट्रलाई समेत जोड्ने काम गर्छन् । विभिन्न बहानामा विभाजित हुन खोज्ने राष्ट्रिय मनस्थितिलाई यस्ता खेलले अनि खेलमा पाएका सफलताले जोड्ने गर्छन् । क्रिकेटमा यस्तो नेपालीलाई जोड्न सक्ने क्षमता छ ।

नेपालमा अझै पनि सर्वाधिक लोकप्रिय खेल फुटबल हो तर क्रिकेटको यो सफलताले फुटबललाई पछि पार्न सक्छ । जे होस नेपाली खेल प्रेमीलाई सर्वाधिक खुसीको क्षण दिलाएकोमा नेपाली क्रिकेट टोलीलाई धन्यवाद । क्रिकेट टोलीलाई एक ठाउँमा जोडेर प्रत्येक खेलाडीमा हौसला भर्ने सक्षम कप्तान पारस खड्कालाई बधाई । आगामी प्रतियोगिताको लागि नेपाली टोलीलाई शुभकामना ।

विश्वकप प्रवेश गरेको समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्:

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us