पाकिस्तानमा नयाँ सैन्य प्रमुख चुनिदै

काठमाण्डु टुडे २०७० मंसिर १२ गते ३:४१ मा प्रकाशित

Pakistan-Flagकाठमाण्डु, १२ मंसिर–पाकिस्तानमा प्रधानमन्त्री नवाज शरिफले यसै हप्ता नयाँ सैन्य प्रमुख नियुक्त गर्ने भएका छन् । नयाँ सैन्य प्रमुखले आणविक शक्ति सम्मपन्न राष्ट्र पाकिस्तानलाई सैन्य कुको खतराबाट टाढा राख्ने अनुमान गरिएको छ ।

पाकिस्तानी सेना सत्ता आकांक्षाका कारण बदनाम बन्दै आएको छ । पाकिस्तानमा बेलाबेलामा सैन्य कुको ईतिहास रहँदै आएको छ ।

पछिल्लोपटक नवाज शरिफ प्रधानमन्त्री हुदाँ उनले नै जनरल परवेज मुसर्ररफलाई सैन्य प्रमुखमा नियुक्त गरेका थिए । सैन्य प्रमुख बनेको एक वर्ष पनि नवित्दै तिनै मुसर्ररफले सैन्य कु मार्फत तत्कालिन प्रधानमन्त्री रहेका शरिफलाई अपदस्त गरेका थिए । पाकिस्तानमा सैन्य प्रमुख निकै शक्तिशाली पद मानिन्छ ।

गत शुक्रबार ६ वर्षे कार्यकाल पूरा गरेपछि वर्तमान सैन्य प्रमुख अस्फाक कयानीको कार्यकाल सकिएपछि नयाँ सैन्य प्रमुख चुन्न लागिएको हो । तीन वरिष्ठ सैन्य अधिकारीहरु लेफ्टिनेन्ट जनरल हारुन अस्लम, लेफ्टिनेन्ट जनरल तारिक खान, अर्का लेफ्टिनेन्ट जनरल रासिद महम्मुद मध्येबाट एकजनालाई नयाँ सैन्य प्रमुख नियक्त गरिने स्थानीय सन्चार माध्यमले जनाएका छन् ।

आफ्नो कार्यकालबाट विदाई लिन लागेका सैन्य प्रमुख कयानी भने महम्मुदको पक्षमा रहेको बुझिएको छ । उनी ती जनरलहरु मध्येका तेस्रो वरियताका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us