नेपाल १४४ रनको लक्ष्य पछ्याउँदै

काठमाण्डु टुडे २०७० मंसिर १२ गते ६:०५ मा प्रकाशित

Nepali-Cricket-teamकाठमाण्डु, १२ मंसिर–युएईमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट क्रिकेटको दोस्रो चरणमा हङकङविरुद्धको खेलमा नेपालले १४४ रनको विजय लक्ष्य पाएको छ ।

विजय लक्ष्य पछ्याउने क्रममा नेपालले सन्तोषजनक प्रदर्शन गरिरहेको छ । ६ ओभरमा २ विकेट गुमाउँदै ५४ रन बनाएको छ । सागर पुन २२ र सुभास खकुरेल १६ रन बनाएर आउट भए ।

यसअघि टस हारेर ब्याटिङ शुरु गरेको हङकङले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १४३ रन जोडेको थियो । हङकङका बकास बरकत, निजाकत खान र तनविर अजफलले समान २५–२५ रन बनाए ।

नेपालकालागि जितेन्द्र मुखियाले ३ विकेट लिए । यसैगरी अभिनास कर्णले २ र पारस खड्काले १ विकेट लिए । अर्का एक खेलाडि शक्ति गौचनको बलमा ज्ञानेन्द्र मल्लबाट रन आउट भए ।

यो खेल नेपालको लागि निकै महत्वपूर्ण छ । नेपाल विजयी भए अर्काे बर्ष बंगलादेशमा हुने विश्वकपका लागि छनोट हुनेछ । बुधबारको खेलमा हङकङसँग पराजित भए नेपालले अर्को एक अवसर पाउने छ । सो अवसरमा नेपालले पपुवा न्यूगिनी र नामिबियाबीचको विजेतासँग खेल्नु पर्नेछ ।

नेपाल र हङकङ अहिलेसम्म ट्वान्टि–टवान्टिमा ४ पटक खेलेका छन् । तिमध्ये नेपाल र हङकङले बराबर दुई–दुई खेल जितेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us