चेल्सी च्याम्पियन्स लिगको क्वाटर फाईनलमा

काठमाण्डु टुडे २०७० मंसिर १२ गते १:५३ मा प्रकाशित

Chelseaकाठमाण्डु, १२ मंसिर–स्वीस क्लब बासेलसँग १–० ले पराजित भए पनि ईङग्लिस क्लब चेल्सी च्याम्पियन्स लिगको क्वाटर फाईनलमा पुगेको छ । यो चेल्सीको बासेल विरुद्ध लगातार दोस्रो हार हो । यसअघि गु्रप ‘ई’ अन्तरगतको पहिलो खेलमा पनि बासेलले चेल्सीलाई २–१ ले पराजित गरेको थियो ।

वासेल क्लबको शहर स्वीट्जरल्याण्डको बासेल शहर स्थित क्लबको आफ्नै मैदानमा भएको खेलमा एक मात्र गोल बासेलका अग्रपङ्तिका खेलाडी मोहम्मद सालाहले गरेका थिए । ईजिप्टका राष्ट्रिय खेलाडी सालाहले खेल सकिनु भन्दा मात्र ३ मिनेट बाँकी छँदा खेलको ८७ औं मिनेटमा गोल गरेका थिए । बासेल विरुद्धको खेलमा चेल्सीले निरासाजनक खेल

प्रस्तुत गर्‍यो । उसका खेलाडीले बासेलको गोल पोस्टमा कुनै पनि सशक्त प्रहार गर्न सकेनन् ।

यता चेल्सीका गोलकिपर पिटर चेकले भने बासेलको निरन्तर आक्रमणको लगातार बचाउ गर्नु परेको थियो । जीतसँगै बासेल आफ्नो समुहमा दोस्रो स्थानमा उक्लिएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा जर्मन क्लब साल्केसँग बराबरी मात्र खेले पनि बासेल नकाउट चरणमा प्रवेश गर्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us