संविधानसभा भवनमा तामझाम, ठूला पार्टीलाई ठूलै महत्व

काठमाण्डु टुडे २०७० मंसिर ११ गते १३:०२ मा प्रकाशित

काठमाण्डु– समानुपातिकतर्फको मतगणना जारी रहेपनि अब संविधानसभामा कसको हैसियत के हुने भन्ने लगभग स्पष्ट खाका आइसकेको छ ।

त्यसैले संविधानसभा सचिवालयको ध्यान चुनाव जितेपछि आउने संविधानसभा भवन, संसदीय दलका कार्यलयहरु र समितिका बैठकहरु बस्ने ठाउँको व्यवस्थापनमा जुटेको छ । संविधानसभा भंग भएपनि संविधानसभा भवन चाहिँ भाडा तिरेर राखिएकोले चिन्ता छैन् । तर, माइक बिग्रेका छन, त्यसैले माईक फेर्ने तयारी भैरहेको छ । भवनमा पनि रंग लगाउने काम चलिरहेको छ ।

1-ca nepal

संविधानसभाका लागि सबैभन्दा ठूलो विषय भनेको भौतिक र जनशक्तिको व्यवस्थापन नै हो । यसको तयारी पनि अन्तिम चरणमा पुगेको छ भन्छन् संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्मा । भौतिक पूर्वाधार र जनशक्तिको आन्तरिक व्यवस्थापनका सचिवालयले कार्यदल नै गठन गरेर सुझाव पनि संकलन गरिसकेको छ ।

सचिवालयले यसअघि सबैभन्दा धेरै बेहोर्दै आएको समस्या भनेको भौतिक पूर्वाधार हो । समितिको बैठक बस्ने कोठा र सभापतिको कार्यकक्ष मिलाउन अघिल्लो पटक नै हम्मे हम्मे परेको थियो । एउटा कोठा बारेर सभापतिको कार्यकक्ष बनाइएको थियो । त्यो समस्या फेरि आईलाग्ने अवस्था छ । यति मात्रै होईन अहिलेसम्मको अवस्था हेर्दा संविधानसभामा प्रतिनिधित्व गर्ने दलको संख्या पहिलेको भन्दा कम हुने छाँटकाँट देखिएको छैन ।

यसअघि एक सिट जितेर संविधानसभामा प्रवेश गरेकाहरुले पनि कार्यलय पाए । तर अव उनीहरुलाई सम्पर्क कार्यलय बाहेक अरु उपलब्ध गराउन नसकिने बताउँछन् कार्यदलका संयोजक सहसचिव रामशरण घिमिरे ।

अहिलेसम्मको अवस्था हेर्दा नेपाली कांग्रेस सबैभन्दा ठूलोे पार्टी बन्ने लगभग पक्का भइसकेको छ । यसअघि एक सय १३ सभासद रहेको कांग्रेसका सभासदको संख्या यसपटक २ सय नाघ्ने देखिएको छ । त्यसैले संसदीय दलको कार्यलय व्यवस्थापन गर्नै सचिवालयलाई हम्मे हम्मे भएको छ । तर जस्तो छ त्यस्तैमा व्यवस्थापन गर्ने गरी संसद सचिवालय सिंगारपटारमा जुटेको छ । कांग्रेस ठूलो पार्टी बन्ने भएकाले होला उसको संविधानसभा दलको कार्यालयमा रंगरोगन गरिएको छ, वरिपरिका झार उखेलिएर चिटिक्क पारिएको छ ।

2-Ca-congress

तर एमाले संविधानसभा दलको कार्यालयमा त्यस्तो छैन । ढोकाका चावीमा खिया लागेर खुल्नै नसक्ने अवस्थामा छन् । वरिपरि झारले ढाकेको छ । पानी चुहिएर जताततै लेघ्रा लागेको छ अनि न त रंग रोगन नै ।

3-ca-uml
संसदको नयाँ भवन बनाउने भनिएपनि अहिलेसम्म बन्न सकेको छैन । त्यसैले भौतिक पूर्वाधार पुरानै हुन र तिनैलाई तानतुन गरेर मिलाउनेकी भन्ने पक्षमा छ, संसद सचिवालय  । निर्वाचन आयोगले सबै परिणाम आएको जानकारी गराएको २१ दिनपछि बैठक बोलाउन सकिने भएकोले सचिवालय त्यत्तिञ्जेलसम्म आवश्यक सबै काम सक्ने तयारीमा रहेको देखिन्छ ।

तर एक डेढ हप्तामै संविधानसभा बैठक बोलाए पनि आफूहरुको तयारी अन्तिम चरणमा पुगेको बताउँछन् सचिवालयका प्रवक्ता मुकुन्द शर्मा ।

CA-Bicc_2nd-Nepal

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us