वैदेशिक रोजगारमा महिलाहरु समस्यामा

काठमाण्डु टुडे २०७० मंसिर ११ गते १२:०३ मा प्रकाशित

baideshik-rojgar-mahilaकाठमाण्डु, ११ मंसिर– राष्ट्रिय महिला आयोगकी अध्यक्ष शेष चाँदताराले सरकारले वैदेशिक रोजगारमा जाने महिलाको समस्या समाधान गर्नुको साटो ढाकछोप गरिरहेको बताएकी छिन् ।

महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत मंगलबार महिला आयोग र महिलाको स्थानान्तरण अधिकारसम्बन्धी सञ्जालले संयुक्तरुपमा आयोजना गरेको अन्तक्र्रियामा उनले महिला कामदारका समस्यालाई सुल्झाउनुको साटो वैदेशिक रोजगारमा जान ३० वर्ष उमेर हदबन्दी कायम गरी समस्यालाई छोप्ने काम मात्र गरेको आरोप लगाइन् ।

वैदेशिक रोजगारमा गएका अधिकांश महिला श्रम शोषण, शारीरिक तथा मानसिक शोषणको शिकार बन्ने गरेको बताउँदै यसको न्यूनीकरणका लागि नीतिमा नै परिवर्तन ल्याउनु जरुरी रहेकोमा उनले जोड दिइन् ।

अध्यक्ष चाँदताराले नेपाल सरकार अन्तर्राष्ट्रिय महासन्धिहरूमा हस्ताक्षर गर्न मात्र हतरा गर्ने तर आफ्नो मुलुकको सामाजिक परिवेशको अध्ययन नगर्ने बानीका कारण महासन्धि कार्यान्वयन नहुने गरेकाले पहिले नेपाली समाजको अध्ययन गर्नुपर्छ भनिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us