
काठमाण्डु, ११ मंसिर– संविधानसभा निर्वाचनको पर्यवेक्षण गरेका पर्यवेक्षकहरुले यस पटकको निर्वाचन नेपालको इतिहासमै सबैभन्दा निष्पक्ष, धाँधलीरहित, भयरहित भएको दावी गरेका छन ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले यस पटकको निर्वाचनमा नेपाली जनताले अभुतपूर्व सहभागिता जनाएको भन्दै जनताको अधिक सहभागिता भएको बेला निर्वाचनमा धाँधली हुनै नसक्ने दावी गरेका हुन् । उनले धाँधली भएको भए प्रमाणसहित अदालतको व्यवस्थाबाट अघि बढ्न सुझाव दिए ।
काठमाण्डुमा आयोजित साक्षात्कारमा डा. गोपाल शिवाकोटीले मतदाताको सहभागिता, सुरक्षा वयवस्था, निर्वाचन ब्यवस्थाको उचित संयोजनका कारण निर्वाचन निष्पक्ष धाँधलीरहित र स्वतन्त्र रुपमा सम्पन्न भएको भन्दै लोकतन्त्र र विधीको शासनको पक्षमा जनताले भोट हालेको दावी गरे । शिवाकोटीले केही त्रुटी भए पनि धाँधली नभएको दावी गरे ।