कार्डिफसँग अंक बाँड्न म्यान्यू बाध्य

काठमाण्डु टुडे २०७० मंसिर ११ गते २:४२ मा प्रकाशित

English-Premier-leagueकाठमाण्डु, ११ मंसिर–दक्षिण कोरियाली अन्तराष्ट्रिय खेलाडी किम बो क्युले खेलको अन्तिम समयमा गरेको गोलले कार्डिफ सिटिसँग स्पस्ट जीत निकाल्ने म्यानचेस्टर युनाईटेडको चाहना पुरा हुन सकेन ।

कार्डिफका खेलाडी जोर्डन मचलाई लात्ताले हिर्काए बापत विवादास्पद रुपमा चेतावनी मात्र दिएर छोडिएका चर्चित ईग्लिस स्ट्राईकर वायन रुनीले खेलको १५ मिनेटमा गोल गरेर म्यान्युलाई अग्रता दिलाएका थिए । तर, ईग्लिस राष्ट्रिय टोलीका खेलाडी फ्रेजियर क्याम्बेलले कार्डिफकालागि ३३ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए । खेलको ४५ औं मिनेटमा रुनीको कर्नर प्रहारमा हेड मार्फत गोल गर्दै फ्रान्सेली अन्तराष्ट्रिय खेलाडीले प्याट्रिक एभ्राले म्यान्युलाई पुन अग्रतामा पु¥याए । तर खेलको ९० औं मिनेटमा गोल फर्काउँदै कार्डिफले म्यान्युलाई अंक बाँड्न बाध्य पार्‍यो ।

अर्को खेलमा वेस्टब्रुम विरुद्ध दुई–शुन्यले पछि परेको एस्टन भिल्लाले खेलमा फर्कदै बराबरीको नतिजा निकालेको छ । आयरल्याण्डका अन्तर्राष्ट्रिय खेलाडी शेन लोङ्गले खेलको तेस्रो र ११ औं मिनेटमा लगातार दुई गोल गर्दै वेस्ट बु्रमलाई अग्रता दिलाए । पहिलो हाफको सुरुवाती ११ औं मिनेटमा नै दुई–शुन्यले पछि परेको एस्टनको खेलमा फर्कने लगातारको प्रयास पहिलो हाफमा पूरा हुन सकेन । दोस्रो हाफमा खेलको ६७ औं मिनेटमा मोरक्कोका राष्ट्रिय खेलाडी अल अहमदिले गोल गर्दै एस्टनलाई खेलमा फर्काए । त्यस लगत्तै खेलको ७६ औं मिनेटमा वस्टवुडले आकर्षक गोल गर्दै खेल बराबरीमा ल्याए ।

सोमबार राति नै भएको अर्को खेलमा म्यान्चेस्टर सिटिले टोटेनह्यामलाई शुन्यका विरुद्ध ६ गोलले पराजित गर्‍यो । सिटिका लागि ह्वाँ नाभास र अग्युराले दुई–दुई गोल गरे । सिटीसँग अप्रत्यासित भारी गोलको हारसँगै टोटेनह्म लिग तालिकामा ६ स्थानमा झरेर चौंथो स्थानबाट नवौं स्थानमा पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us