एनसेल फुटबल मंसिर २२ देखि

काठमाण्डु टुडे २०७० मंसिर १० गते १४:३४ मा प्रकाशित

football-abstract-6aकाठमाण्डु, १० मंसिर– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना तथा एनसेल प्रालिको प्रायोजनमा हुने एनसेल कप फुटबल प्रतियोगिता यही मङ्सिर २२ गतेदेखि हुने भएको छ ।

एन्फा प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरका अनुसार प्रतियोगितामा ए डिभिजनमा आबद्ध १४ वटा क्लबबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताको तयारीका लागि प्रत्येक क्लबलाई समान रु एकएक लाख दिइने एन्फा उपाध्यक्ष ललितकृष्ण श्रेष्ठले बताए ।

प्रतियोगिताको बिजेता समूहले रु १५ लाख, उपविजेताले रु सात लाख र सेमिफाइनल पुग्ने दुई समूहले जनही रु एक लाख १५ हजार पुरस्कार, मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको कुल अनुमानित बजेट रु ६० लाख रहेको छ ।

त्यसैगरी उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई जनही रु ७५ हजार पुरस्कार प्रदान गरिने छ । त्यसैगरी प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने एक सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाईकल प्रदान गरिने एन्फाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us