म्यानचेष्टर सिटी चौथो स्थानमा

काठमाण्डु टुडे २०७० मंसिर १० गते २:३५ मा प्रकाशित

English-Premier-leagueकाठमाण्डु, १० मंसिर– टोटनह्याम हट्सपरलाई आफ्नै मैदानमा ६–० ले हराउँदै म्यानचेष्टर सिटी इङ्लिश प्रिमियर लिग फुटबलको चौथो स्थानमा उक्लिएको छ । जितसँगै म्यानचेष्टर सिटीको २२ अंक भएको छ । जितका लागि सर्जियो अगुएरो र जिसस नाभासले २–२ तथा याया टोरे र अल्भारो नेग्रडोले १–१ गोल गरेका थिए ।

आइतबार राति नै भएको अर्को खेलमा साबिक विजेता म्यान्चेस्टर युनाईटेडलाई कार्डीफ सिटीले २–२ गोलको बराबरीमा रोकेको छ । म्यान्चेस्टर युनाईटेडका वायन रुनी र प्याट्रिस एभ्राले तथा कार्डीफका फ्रेजर क्याम्पबेल र बी किमले एक–एक गोल गरे । बराबरीसँगै म्यान्चेस्टर युनाईटेडले तेस्रो स्थानमा उक्लिने मौका गुमाएको छ ।

गएरातीका खेलहरुपछि लिगको अंक तालिकामा आर्सनल १२ खेलबाट २८ अंकसहित शीर्ष स्थानमा छ । समान २४ अंक जोडे पनि लिभरपुल र चेल्सी गोल औसतका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । चौथो स्थानको म्यान्चेस्टर सिटीको २२ अंक छ । साउथ ह्याम्पटन पाँचौ स्थानमा छ ।

यसैबीच फ्रान्सेली लीग अन्तरगत आइतबार राती भएको एकमात्र खेलमा मोनाकोले नोनटेस्टलाई एक–शून्यले हराएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us