नेपाल विश्वकपको नजिक

काठमाण्डु टुडे २०७० मंसिर १० गते २:२६ मा प्रकाशित

Nepali-Cricket-teamकाठमाण्डु, १० मंसिर– समूह चरणका खेलबाट तेस्रो स्थानमा पुगेपछि नेपालको विश्वकप ट्वान्टी–ट्वान्टी क्रिकेट खेल्ने सम्भावना बलियो भएको छ । समान ८ अंक बटुले पनि नेट रनरेटमा स्कटल्याण्डलाई पछि पार्दै नेपालले तेस्रो स्थान हासिल गर्दै दोस्रो चरणमा पुगेको छ ।

अब नेपालले बुधबार अर्को समूहमा दोस्रो स्थान ओगटेको हङ्कङ्को सामना गर्नेछ । हङ्कङ्लाई हराउन सके नेपाल सिधै विश्वकपमा पुग्नेछ । हङ्कङ्सँग पराजित भए नेपालले अर्को एक अवसर पाउने छ । त्यस अवसरमा नेपालले पपुवान्यूगिनी र नामिबियाबीचको विजेतासँग सामना गर्नु पर्नेछ ।

समूहको शीर्ष स्थानमा रहँदै अफगानिस्तान र आयरल्याण्ड विश्वकपका लागि छानिएका छन् । विश्वकप ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अर्को बर्ष बंगलादेशमा हुदै छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us