एमाओवादी नेता डा भट्टराई र एमाले नेता नेपालबीच भेट

काठमाण्डु टुडे २०७० मंसिर ९ गते १७:३९ मा प्रकाशित

काठमाडौँ, ९ मङ्सिर-एकीकृत नेकपा (माओवादी) का नेता डा बाबुराम भट्टराई र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालबीच संविधानसभा निर्वाचनको परिणामपछि उत्पन्न राजनीतिक परिस्थितिका बारेमा आइतबार साँझ नेपाल निवास कोटेश्वरमा छलफल भएको छ ।
भेटमा नेता डा भट्टराईले संविधानसभा निर्वाचनमा धाँधली र षडयन्त्र भएको पाइएको र आफ्नो पार्टी संविधानसभामा नजाने विषयमा पनि छलफल भएको सम्बन्धमा नेता नेपाललाई जानकारी गराएको नेता नेपालसँग सम्बद्ध स्रोतले बताएको छ ।baburam_250
जवाफमा नेता नेपालले धाँधली र षडयन्त्रका कुनै प्रमाण भेटिएमा त्यसको प्रक्रियागत छानबिनका लागि निर्वाचन आयोग लगायतका निकायसँग छलफल गरी अघि बढ्न सकिने भन्दै तत्कालका लागि परिणाम स्वीकार गरी संविधानसभामा समावेश हुन र संविधान लेखन कार्यमा सहभागी हुन आग्रह गरेका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us