बर्दीधारी सेनाले यसरी दिए भोट हाल्न दबाब

काठमाण्डु टुडे २०७० मंसिर ९ गते १५:०५ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर– संविधानसभा निर्वाचनमा नेपाली सेनाको भूमिकालाई लिएर विभिन्न खाले अड्कलवाजी र शंका उपशंका भइरहेको छ । यहीबेला नेपाली सेनाका जवानहरुले मतदातालाई दबाब दिएर मतदान गराएको रहस्य खुलेको छ ।
काठमाण्डु टुडेलाई प्राप्त तस्वीरहरुमा नेपाली सेनाका जवानहरुले मतदान केन्द्रमा मतदातालाई भोट हाल्न सकेंत गरिरहेको देखिन्छ । यो दोलखा भोटेछाप गाविसको भोटेछाप विद्यालयमा रहेको मतदान केन्द्रको तस्वीर हो ।

हेर्नुस् नेपाली सेनाले मतदातालाई कसरी भोट हाल्न सिकाइरहेको छ । जवकी बाहिरी सुरक्षाको जिम्मेवारी पाएको नेपाली सेना हतियारसहित मतदान केन्द्रको मत खसाल्ने गोप्य स्थानमा जान पाउँदैन ।

a

 

photo0003

 

photo0003545

senaएकीकृत माओवादीले सेनाले धाँधली गरेको नभने पनि घुमाउरो पारामा मतदान केन्द्रबाट लगिसकेपछि बुथ साटिएको बताउँदै आएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाश चन्द्र लोहनीले सेनाको भूमिकाप्रति आशंका गर्दै एक राष्ट्रिय दैनिकमा लेखसमेत लेखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us