किन आए ‘रअ’ का पूर्वप्रमुख नेपालमा ?

काठमाण्डु टुडे २०७० मंसिर ९ गते १४:२८ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर–नेपालमा संविधानसभा निर्वाचन परिणाम सार्वजनिक हुँदै गर्दा दक्षिण छिमेकी भारतको चासो थप बढेर गएको छ । भारतीय खुफिया एजेन्सी ‘रअ’ का पूर्वनेपाल प्रमुख पिटर हनमन आइतबार नेपाल आएका छन् ।

उनी कम्तिमा एक साता नेपाल बस्ने छन् । हनमनले नेपाल बसाइका क्रममा राष्ट्रपति, मन्त्रिपरिषद् अध्यक्षलगायत उच्च सरकारी अधिकारी र काँग्रेस–एमालेसहित दलका नेतासँग गोप्य भेटघाट गर्ने बताइएको छ ।

काँग्रेस–एमालेको दुई तिहाई बहुमत आउने स्पष्ट संकेत पाइएका बेला नेपाल आएका उनले भावी सत्ता समीकरणका बारेमा परामर्श गर्नेछन् । त्यसअघि शनिबार राति नेपाली काँग्रेसका केही नेता र भारतीय राजदूत रञ्जित रेबीच भेटवार्ता भएको छ ।

लैनचौरस्थित भारतीय दूतावासमा भएको भेटमा भावी सरकारको स्वरुपका साथै संविधानका अन्तरवस्तुमा समेत छलफल भएको स्रोतले बतायो ।

साँझ ७ बजेर ५० मिनेटदेखि ९ बजेर ३० मिनेटसम्म भएको छलफलमा काँग्रेस नेताहरु महामन्त्री कृष्ण सिटौला, केन्द्रीय सदस्य मीनेन्द्र रिजाल र अमरेशकुमार सिंह सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us