तीर्थालु चढेको भ्यान दुर्घटनामा चारको मृत्यु

काठमाण्डु टुडे २०७० मंसिर ९ गते ११:३२ मा प्रकाशित

विर्तामोड, ९ मंसिर– झापामा आइतबार साँझ भएको सवारी दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।
ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा गएर फर्कंदै गरेका यात्रु सवार भ्यान विर्तामोड नजिकै पूर्वपश्चिम राजमार्गको बुट्टाबारीमा दुर्घटना भएको हो ।

मे १ च ११३७ नम्बरको भ्यान ओभरटेक गर्ने क्रममा ना ४ ख ७५६१ र बा १ ख ८६७४ नम्बरको बसको बीचमा च्यापिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा झापा दुर्गापुरका २७ वर्षीय सञ्जीव उप्रेती, अनारमनीकी ३६ वर्षीया जमुना ओली जलथल– ८ का १५ वर्षीय सागर कार्की र जलथला–८ कै ४८ वर्षीया भीमा कार्कीको मृत्यु भएको छ ।

दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेको विर्तामोडका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घाइतेमध्ये गम्भीर अवस्थाका केहीलाई भारतको सिलुगढी लैजाने तयारी भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us