उपेन्द्र र अशोक राई प्रचण्ड निवासमा

काठमाण्डु टुडे २०७० मंसिर ९ गते ११:१३ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर–एकीकृत माओवादीले संविधानसभा परिणामबाट असन्तुष्ट दलहरुसँग छलफल थालेको ।
माओवादीले मधेसी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टीसँग छलफल गरेको हो । एमाओवादी शीर्ष नेतृत्वलाई भेट्न फोरम अध्यक्ष उपेन्द्र यादव र संघीय समाजवादी अध्यक्ष अशोक राई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास पुगेका छन् ।

भेटमा माओवादी केन्द्रीय कार्यालयका सबै नेता सहभागी छन् । एकीकृत माओवादी, फोरम र संघीय समाजवादीले परिवर्तन र संघीयता पक्षधर शक्तिलाई हराउन मतगणना प्रक्रियामा धाँधली भएको र त्यो नसच्चिइसम्म संविधनसभामा नजाने बताइसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us