
जाजरकोट, ९ मङ्सिर संविधानसभा सदस्य निर्वाचनबाट विजयी क्षेत्र नं २ का राजीवविक्रम शाहले आफूले सभासद्बापत पाएको सम्पूर्ण तलबभत्ता छात्रवृत्ति कोष स्थापना गरेर जेहेन्दार र गरिब बालबालिकालाई वितरण गर्ने घोषणा गरेका छन ।
पत्रकारसँग भेटघाट गर्दै उनले जिल्लाका प्रत्येक उच्च मावि र माविमा एक एक पुस्तकालय स्थापना गरिने र प्राविधिक शिक्षालय खोल्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन । उनले नौ हजार ३५७ र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर बुढाले नौ हजार ७१ मत ल्याएका थिए ।