संविधान निर्माणमा सबै दलसँग सहकार्य गर्ने देउवाको प्रतिबद्धता

काठमाण्डु टुडे २०७० मंसिर ९ गते ७:०३ मा प्रकाशित

कैलाली, ९ मङ्सिर–नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधान निर्माण प्रक्रियामा सबै दलसँग सहकार्य गरिने बताएका छन । उनले जनभावनाअनुसार एक वर्षभित्रै संविधान बनाइने पनि बताए । sher_Bahadur_Deuba
‘देश सबैको हो, संविधानमा सबैका भावना समेट्ने प्रयास गर्छौ तर प्रजातन्त्रका मूलभूत कुरामा कसैसँग सम्झौता गर्न सक्दैनौँ’ धनगढीमा आइतवार आयोजित पत्रकार सम्मेलनमा देउवाले भने ।
कैलालीको नदी कटान, सडक निर्माण, ढल निकासलगायतका अन्य विकास निर्माणका लागि आफूले पहल गर्ने बताएका छन ।
नेता देउवाले कैलालीको गेटा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल र गेटामा मेडिकल कलेजको काम अघि बढाउन पहल गर्ने बताए ।
कैलाली क्षेत्र नं ६ र डडेल्धुराबाट संविधानसभा सदस्य निर्वाचनमा विजयी देउवाले आफूले कुन क्षेत्र छोड्ने भन्नेबारे अहिले नै कुनै निष्कर्ष नभएको धारणा व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us