२५० किलो गाँजा बरामद

काठमाण्डु टुडे २०७० मंसिर ९ गते ३:४६ मा प्रकाशित

हेटौंडा, ९ मंसिर–हेटौँडा–नारायणघाट राजमार्गअन्तर्गत अधेरीको जङ्गलबाट प्रहरीले २ सय ५० किलो गाँजा बरामद गरेको छ । गाँजा ल्याउँदै गरेको गिरोहले प्रहरीको टोली देख्नासाथ हवाइफायर गरेको र प्रहरीले पनि पाँच राउन्ड हवाइफायर गरेकाले सो गिरोह गाँजा छोडी भागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गणेशबहादुर ऐरले जानकारी दिनुभयो ।

गएराती भएको सो घटनाको छानबिन गरी अभियुक्तलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us