‘सिरियामा ११ हजार बालबालिका मारिए’

काठमाण्डु टुडे २०७० मंसिर ९ गते ३:३८ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर–सिरियाको गृहयुद्धमा पछिल्लो तीन बर्षमा ११ हजार बालबालिका मारिएको तथ्यांक सार्बजनिक भएको छ । लण्डनस्थित अक्सपोर्ड रिसर्च सेन्टरले सार्बजनिक गरेको अध्ययन प्रतिवेदनमा सो कुरा उल्लेख छ ।

प्रतिवेदनअनुसार १७ बर्ष मुनिका ३ सय ८९ बालबालिकाहरुलाई बन्दुकधारीले सिधा निसानामा परेका थिए । केही बालबालिका आफ्नो छेउँमै पड्किएको बम र गोलबारीमा मारिएको प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us