
काठमाण्डु, ८ मंसिर– विश्व ट्वान्टी–२० छनोट क्रिकेट प्रतियोगितामा नेपालले बर्मुडालाई हराएको छ । बर्मुडासँग नेपालले २१ रनको जित हात पारेको हो ।
यस जितसँगै नेपाल अघिल्लो चरणमा प्रवेश गरेको छ । अघिल्लो चरणका खेलबाट शीर्ष चार स्थानमा पर्न सकेमा नेपाल विश्वकप ट्वान्टी–२० क्रिकेटमा छनोट हुनेछ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा १ सय ४८ रन जोड्दै १ सय ४९ रनको लक्ष्य दिएको थियो । सो रन जुटाउन नेपालले ८ विकेट गुमाएको थियो । १ सय ४९ रनको लक्ष्य पछ्याएको बर्मुडाले ४ बल बाँकी छँदै सबै विकेट गुमाएर १ सय २७ रन मा बनाउन सकेपछि नेपालले २१ रनले जितेको हो ।