यु-१९ एसिया कपका लागि २२ खेलाडी

काठमाण्डु टुडे २०७० मंसिर ८ गते १२:३८ मा प्रकाशित

can-cricketकाठमाण्डु, ८ मंसिर । एसियाली क्रिकेट परिषदको कार्यक्रम अनुसार आगामी पुस १३ देखि २० गतेसम्म यूएईमा हुने एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले २२ जना खेलाडीलाई प्रारम्भिक छनोटमा पारेको छ ।

क्यानका सचिव उत्तकुमार कर्माचार्यले दिएको जानकारी अनुसार ३३ जना यु–१९ खेलाडी समावेश गरी काठमाडौँमा प्रथम चरणको बन्द प्रशिक्षण शिविर सञ्चालन गरिएकामा दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २२ जना खेलाडी छनोट गरिएको हो ।

छनोटमा पर्न सफल खेलाडीहरुमा भुवन कार्की (कप्तान), अमित श्रेष्ठ, प्रकाश विष्ट, हरिशंकर साह, आकाश विष्ट, सुशन भारी, ललितसिंह भण्डारी, विभत्सु थापा, दिलीप नाथ, सोमेश यादव, सिद्धार्थ लोहनी, इर्साद अहमद र यज्ञमान कुमाल रहेका छन् ।

यसैगरी, छनोट भएका अन्य खेलाडीमा सुशील क“डेल, राहुल प्रताप सिंह, राजु रिजाल, सुनील धमला, सोमपाल कामी, प्रेम तामाङ, रामनरेश गिरी, आरिफ शेख र अमरसिंह रौटेला रहेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us