
हुम्ला, ८ मंसिर– हुम्लाको माथिल्लो बजारमा अज्ञात समूहले राखेको दुई वटा बम पड्किएको छ । काँग्रेसले निकालेको विजय जुलुसले बजार परिक्रमा गरिरहेको अवस्थामा ब पड्किएको हो ।
घटनामा कुनै क्षति नभएको बताइएको छ । सोही ठाउँ नजिक राखेको अर्को बमलाई भने नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । नेपाली काँग्रेसका जीवनबहादुर शाही विजयी भएपछि सदरमुकाम सिमिकोटमा विजय र्याली निकालिरहेको अवस्थामा बम विष्फोट गएको हो ।