रसुवामा समानुपातिक मतगणना सकियो

काठमाण्डु टुडे २०७० मंसिर ८ गते ५:२८ मा प्रकाशित

रसुवा, ८ मङ्सिर–रसुवामा समानुपातिक प्रणालीतर्फको मतगणना सकिएको छ ।   सोअनुसार नेकपा (एमाले)को ६ हजार ३९९,  एमाओवादीको पाँच हजार ६३८, नेपाली काँग्रेसको चार हजार २६९,  राप्रपा नेपालको ६९७ र राप्रपाको ९८० मत रहेको छ । यहाँ कुल १०४ दलले समानुपातिक मत पाएका छन् ।
खसेको कुल २० हजार २५३ मध्ये सदर मत १९ हजार ८७४ र बदर मत ३७९ छन्  । मतगणना शुक्रबार बिहान १०ः५० देखि सुरु भई शनिवार बिहान ४ः५०मा सकिएको थियो । यसअघि पहिलो पटक मनाङमा समानुपातिक मतगणना सकिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us