विजय जुलुसबाट फर्केको गाडी दुर्घटना: एकको मृत्यु,११ जना घाइते

काठमाण्डु टुडे २०७० मंसिर ८ गते २:३५ मा प्रकाशित

गजुरी,८ मङ्सिर– विजय जुलुुसबाट घर फर्कँदै गरेको गाडीमध्ये चैनपुर गाविस वडा नं ९ हुलाभन्ज्याङ नजिकै शुक्रबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने  १० जना घाइते भएका छन् ।

धादिङबेंसीबाट चैनपुरका लागि छुटेको बा३च २९२५ नं को गाडी ब्रेक फेल भएर आएको  भनिएको गाडीलाई साइट दिनलाग्दा सडकमा पल्टिएको घाइते सीता दुवाडीले जानकारी दिइन । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार दुर्घटनामा चैनपुर – ९ का १२ वर्षीय मनोज श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाण्डु वीर अस्पतालमा पठाइएको छ ।
५० भन्दा बढी यात्रु रहेको गाडी उकालामा जाँदै गरेको बेला विपरीत दिशाबाट आएको अर्को गाडीको ब्रेक फेल भएकाले बाटो छाड्न एक मोटरसाइकलले बताएपछि बाटोमा छेउ लाग्न लाग्दा दुुर्घटना भएको हो ।
ब्रेक फेल भएको भनिएको  गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धादिङका तीन वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार निर्वाचित भएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us