
काठमाण्डु, ७ मंसिर– काठमाण्डुको बानेश्वर, बालाजु, कोटेश्वरका प्रहरी चौकीहरुमा संविधानसभा निर्वाचनका मतपेटिका भेटिएपछि काठमाण्डुका प्रहरी प्रधान कार्यालय नक्साललगायत अधिकांश प्रहरी कार्यालयमा मतपेटिका राखिएको खुलासा भएको छ ।
निर्वाचनमा धाँधली भइरहेको बेला खुलासा भएका यी प्रमाणहरुलाई सञ्चारमाधयमले प्रशारण र प्रकाशन गरेपछि ती मतपेटिका लुकाउनका लागि गृह मन्त्रालयले निर्देशन दिएको उच्च स्रोतले बताएको छ । ती मतपेटिकाहरुमा २०६४ सालको निर्वाचनको स्टिकर तुरुन्त टाँस गरेर लुकाउनका लागि निर्देशन दिएको स्रोतले बताए ।
देशी विदेशी शक्तिको ग्रान्ड डिजाइनमा मतपेटिका हेरफेर भएको भन्दै विभिन्न पार्टीहरुद्वारा निर्वाचन प्रक्रियाबाट अलग भएको घोषणा गर्न थालेका बेला प्रमाण भेटिएपछि सरकारी उच्च निकाय नै ती प्रमाण लुकाउन जुटेको बताइएको छ । काठमाण्डु लगायत देशैभरका अधिकांश चौकीहरुमा यस्ता मतपेटिका रहेको स्रोतको दाबी छ ।
गृहमन्त्रालयले चौकीका मतपेटिकाहरु तुरुन्त व्यवस्थापन गर्न र सबै पेटिकामा अघिल्लो निर्वाचनको स्टिकर टाँस गर्न निर्देशन दिएसँगै प्रहरीलगायत सुरक्षा निकायका उच्च अधिकारीहरु पनि यसमा लागिपरेको स्रोतको भनाइ छ ।
धाँधलीका प्रमाणहरु फेला पर्ने क्रममा रसुवामा मतपेटिकाका बिर्कोहरु
प्रहरी चौकीहरुमा मतपेटिका भेटियो, विरोध प्रदर्शन सुरु
ग्राण्ड डिजाइनमा चुनाव भएको रहेछ: उपेन्द्र यादव
फोरम नेपाल र संघीय गणतान्त्रिकद्वारा चुनाव बहिष्कार
राजेन्द्र महतोको सद्भावना पार्टीद्वारा धाँधली भएको ठहर