ग्राण्ड डिजाइनमा चुनाव भएको रहेछ: उपेन्द्र यादव

काठमाण्डु टुडे २०७० मंसिर ७ गते १५:३६ मा प्रकाशित

Upendra-Yadavकाठमाण्डु, ७ मंसिर– मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संविधानसभा निर्वाचन नेपाली जनताको विरुद्धमा भएको बताएका छन् । बीबीसी नेपालीसँगको कुराकानीमा फोरम नेपालका अध्यक्ष यादवले नेपाली जनता विरुद्ध ठूलो ग्राण्ड डिजाइनसहित अहिलेको चुनाव भएको बताएका हुन् ।

‘राज्यको सम्पूर्ण संयन्त्रलाई उपयोग गरेर, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताविरुद्धका शक्तिहरुलाई अघि ल्याइएको छ’, अध्यक्ष यादवले भने ‘२०४७ सालको संविधान ब्युँताउनका लागि धेरै ठूलो ग्राण्ड डिजाइन भएको छ ।’ मतदानपछि भएका षडयन्त्रका केही तथ्यहरु बाहिर आइसकेको उल्लेख गर्दै अझै धेरै तथ्यहरु आउने उनको भनाई थियो ।

‘यो चुनावलाई धाँधलीरहित, निष्पक्ष र स्वतन्त्र रुपमा भएको नेपाली जनताले लिन सक्दैनन्’, यादवले भने । उनले मधेशी जनअधिकार फोरम संविधानसभामा जाने सम्भावना पनि कम रहेको बताएका छन् । यादव भन्छन्– ‘फोरम नेपालले अहिले नै निर्णय गरिसकेको छैन तर हामी संविधानसभामा जाने सम्भावना कम छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us